FAQs Complain Problems

बबई गाउँपालिकाकाे संक्षिप्त परिचय

 

बबई गाउँपालिका ५ नं. प्रदेश अन्तर्गत दाङ जिल्लाका साविकका पञ्चकुले र पुरन्धारा गा.वि.स. मिलेर बनेको हो। यस गाउँपालिका जिल्ला सदरमुकाम घोराही देखि ४६ किलोमीटर पश्चिममा पर्दछ । २५७.४८ वर्ग कि.मी. क्षेत्रफल रहेको यस गाउँपालिकाको पूर्वमा शान्तिनगर गाउँपालिका र दंगीशरण गाउँपालिका, पश्चिममा बाँके जिल्ला, उत्तरमा सल्यान जिल्ला र दक्षिणमा दंगीशरण गाउँपालिका र बाँके जिल्ला पर्दछन्। बबई गाउँपालिका दाङ जिल्लामा नयाँ गठन भएका गाउँपालिकाहरुमा विकासका सम्भावना बोकेको गाउँपालिका हो। सचेत राजनैतिक दल र उत्प्रेरीत गाउँवासी यो गाउँपालिकाकोदरिलो अनि दीगो विकासको श्रोतका रुपमा रहेका छन्। २०६८ को जनगणना अनुसार यस गाउँपालिकाको जनसंख्या २७,४६९ रहेको छ जसमध्ये महिलाको जनसंख्या १४,९४० (५४.३९ प्रतिशत) र पुरुषको जनसंख्या १२,५२९ (४५.६१ प्रतिशत) रहेको छ । यस गाउँपालिकामा विभिन्न जातजाती तथा धर्म मान्ने व्यक्तिहरुको बसोबास रहेको छ । राष्ट्रिय जनगणना २०६८ को तथ्याङ्क अनुसार सबैभन्दा बढी क्षेत्री जाति १३,६०५ जना (४९.५३%), दोस्रोमा मगर ५,२०२ (१८.९४%) र तेस्रोमा कामी जातिको३,३९३ (१२.३५%) को बसोबास रहेको छ । औषत पारिवारिक आम्दानीमा कृषि व्यवसायको सबैभन्दा ठूलो हिस्सा रहेको छ र स्थानीय बासिन्दाको आम्दानीको अर्को मुख्य श्रोतको रुपमा वैदेशिक रोजगारी पनि एक हो । स्थानीय जनशक्ति मजदुरी तथा अध्ययनका लागि विदेशिने क्रम बढिरहेको छ । यस गाउँपालिका पठनपाठनको लागि आधारभूत देखि उच्च शिक्षासम्म प्रदान गर्ने शैक्षिक संस्थाहरुमा प्रा.वि २२, नि.मा.वि. ६, मा.वि ६ गरी जम्मा ३४ वटा सामुदायिक शिक्षण संस्थाहरु रहेका छन्भने संस्थागत विद्यालयतर्फ प्रा.वि. ३, आ.वि. ३ र मा.वि. ३ गरी जम्मा ९ वटा रहेका छन्। विभिन्न समुदाय, जातजातीका मानिसको बसोबास रहेको यस क्षेत्रमा विभिन्न चाडपर्व मनाउने गरिन्छ । दशैँ, तिहार, माघी, होली, महाशिवरात्री, रामनवमी, कृष्णजन्माष्टमी, बकरइद, आईतबारी, बुद्धजयन्ती, क्रिष्मस आदि यहाँका प्रमुख चाडपर्वको रुपमा रहेको पाईन्छ ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: