FAQs Complain Problems

समाचार

बबई गाउँ पालिकाको संक्षिप्त परिचय

बबई गाउँ पालिकाको  कार्यालय हापुरे दांग 

बबई गाउँपालिका नेपालको संविधान २०७२ को धारा २९५ को उपधारा (३) बमोजिम गठीत गाउँपालिका, नगरपालिका, स्वायत्त, संरक्षित वा विशेष क्षेत्रको नाम, संख्या तथा सिमाना निर्धारण आयोगको सिफारिसमा बनेको ७५३ वटा स्थानीय तह मध्येको ५ नं. प्रदेश अन्तर्गतको दांग  जिल्लामा पर्ने एक स्थानीय तह हो । बबई गाउँपालिका जिल्ला सदरमुकाम घोराही देखि ४६ किलोमीटर पश्चिममा पर्दछ।पूर्वमा शान्तिनगर गाउँ पालिका पश्चिममा बाँके र सल्यान जिल्ला उत्तरमा सल्यान जिल्ला र दक्षिणमा दंगिसरण गाउँ पालिका र बाँके जिल्ला रहेको छ । साबिकका पुरन्धारा र पंचकुले गा.वि.स. समायोजन भई यस गाउँपालिकाको निर्माण भएको हो | यस गाउँपालिकाको कुल क्षेत्रफल २५७.४७  वर्ग किलोमिटर रहेको छ । २०६८ सालको जनगणना अनुसार यहाँको कूल जनसंख्या २८०००  रहेको छ। यस गाउँपालिका ७ वटा वडा रहेका छन् | यस गाउँ पालिका समुद्र सतह देखि ६७६ मीटर उचाइमा रहेको छ । यस गाउँ पालिकामा बाहुन ,क्षत्रीय ,दलित चौधरी लगायतका जतिको बाहुल्यता रहेको छ । यस गाउँ पालिकामा ९०% हिन्दु रहेका छन् | यस गाउँ पालिकाका मुख्य भाषा नेपाली, थारु रहेका छन् |  यस गाउँ पालिका खेतीपातीका लागि उर्बर भुमि रहेका छन् | यस गाउँ पालिकाका पुरन्धारा झरना र चिसापानी मन्दिर प्रमुख पर्यटकीयक्षत्र हुन् |

आर्थिक वर्ष: