FAQs Complain Problems

समाचार

बबर्इ गाउँपालिकाकाे काेराेना सम्वन्धी मापदण्ड,२०७६ सम्वन्धमा

बबई गाउँपालिकामा असङ्गठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहायहरुलाई उपलव्ध गराईने राहत सम्वन्धी मापदण्ड २०७६
कोभिड १९ को संभावित संक्रमणको कारण उत्पन्न प्रतिकुल अवस्थावाट प्रभावित असङ्गठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहायहरुलाई दैनिक जीवनयापनको लागि स्थानिय तहवाट राहत उपलव्ध गराउने गरि बबई गाउँकार्यपालिकाले गरेको अधिकार प्रत्यायोजन अनुसार गाउँपालिका अध्यक्षवाट भएको निर्णय कार्यान्वयन गर्न यो मापदण्ड तयार गरिएको छ ।
१. संक्षिप्त नाम र प्रारम्भः (१) यस मापदण्डको नाम “ बबई गाउँपालिकामा असङ्गठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहायहरुलाई उपलव्ध गराईने राहत सम्वन्धी मापदण्ड २०७६” रहेको छ ।
        (२) यो मापदण्ड नेपाल सरकारले लकडाउन घोषणा गरेको अवधीसम्मको लागि लागु हुनेछ ।
२. परिभाषाः विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस मापदण्डमा–
(क) “असङ्गठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग” भन्नाले दैनिक रुपमा कामकाज गरि पटके वा दैनिक ज्याला आम्दानी गर्ने दफा ४ वमोजिमका श्रमिक, कामदार तथा मजदुर सम्झनुपर्छ ।
(ख) “असहाय” भन्नाले कसैको लालनपालनमा रही अशक्त तथा आवास विहिन भई मन्दिर, आश्रम, धर्मशाला, गुम्वा,मस्जिद, गुरुद्धार, चर्च, वा वृद्धाश्रममा वस्ने व्यक्ति सम्झनुपर्छ ।
(ग) “राहत” भन्नाले नेपाल सरकारवाट निर्णय भएवमोजिम सम्वन्धित स्थानिय तहले दफा ३ वमोजिमका श्रमिक वर्ग तथा असहायहरुलाई प्रदान गरिने दफा ५ वमोजिमको सामग्री सम्झनुपर्छ ।
(घ) “स्थानिय तह भन्नाले” भन्नाले बबई गाउँपालिका सम्झनु पर्छ ।
३. अभिलेख राख्नुपर्नेः (१) यस मापदण्ड वमोजिमको राहत देहायका श्रमिक वर्ग तथा असहायहरुलाई प्रदान गर्न सम्वन्धित वडा कार्यालयले अभिलेख तयार गर्नुपर्नेछ ।
(क) पसलवाट ग्राहकको घर सम्म सामान ओसार प्रसार गर्ने श्रमिक
(ख) पर्यटक भरिया, निर्माण सामाग्री भरिया तथा सवारी साधन नचल्ने वाटोमा आवश्यक वस्तुहरु ओसार प्रसार गर्ने व्यक्ति
(ग) ट्रक, टिप्पर, भ्यानवाट सामान लोड अनलोड गर्ने श्रमिक
(घ) अन्य व्यक्तिको खेतवारीमा दैनिक ज्याला लिने गरि काम गर्ने कृषि मजदुर,
(ङ) आफ्नो नातेदार वाहेकको व्यक्तिको परिवार दैनिक ज्यालादारीमा सरसफाई शिशु तथा जेष्ठ नागरिक स्याहार जस्ता सेवा गर्ने व्यक्ति,
(च) गिट्टी कुट्ने, वालुवा चाल्ने तथा ईट्टा भट्टामा कामगर्ने मजदुर,
(छ) निर्माण कार्यमा दैनिक ज्यालादारीका काम गर्ने डकर्मी, सिकर्मी, हेल्पर लगायतका मजदुर,
(ज) नाङ्लो पसले, दैनिक रुपमा पत्रिका वितरक, साना फुटपाथ पसले, ठेला तथा साईकलमा सामान विक्रि वितरण गरि गुजारा गर्ने तथा अन्य व्यक्तिको पसलमा काम गर्ने मजदुर,
(झ) देहायका यातायात मजदुर,
     १) अन्य व्यक्तिको माल वाहक सवारी तथा डेलीभरि भ्यान चलाउने सवारी चालक, सहचालक
     २) दैनिक ठेक्का वा ज्यालामा ट्याक्सी वा टेम्पो चलाउने सवारी चालक,
     ३) रिक्सा तथा ठेलागाढा चालक,
     ४) सवारी साधनको मर्मत सम्भार गर्ने ग्यारेजमा काम गर्ने मिस्त्री तथा मजदुर ।
(ञ) अन्य व्यक्तिको गार्मेन्ट, कार्पेट, टेलरिङ, गलैचा, वुट्टा तथा जर्ती भर्ने र कपडा पसलमा दैनिक ज्यालादारीमा काम गर्ने मजदुर ।
(ट) स्थानिय तहमा दैनिक ज्यनदारीमा काम गर्ने अन्य व्यक्ति ।
(२) यस दफा वमोजिमको राहत पाउने परिवार तथा व्यक्तिको अभिलेख अनुसूचि १ वमोजिम सम्वन्धित वडा सचिवले वडा सदस्य तथा वडा अध्यक्षको सहयोग लिई तिन दिन भित्र तयार गरि सार्वजनिक गर्नुपर्नेछ ।
४. राहत वितरण गर्नुपर्नेः दफा ३ वमोजिमको लगतमा समावेश भएको श्रमिक वर्ग तथा असहायहरुलाई सम्वन्धित वडाले अनुसूची २ वमोजिमको ढाँचामा विवरण राखी दफा ५ वमोजिमको राहत तत्काल वितरण गर्नुपर्नेछ ।

५. राहत सामाग्रीः (१) खाद्य आवश्यकताको आधारमा श्रमिक वर्ग तथा असहायहरुलाई प्रति परिवारका देहायका सामाग्री राहत स्वरुप वितरण गरिनेछ ।
(क) चामल ३० किलोग्राम सम्म
(ख) दाल २ किलोग्राम सम्म
(ग) नुन २ पाकेट सम्म
(घ) खानेतेल २ लिटर सम्म
(ङ) सावुन २ वटा सम्म
(२) यस मापदण्ड वमोजिम राहत वितरण गर्दा १ परिवारलाई १ ईकाई मानी सम्वन्धित वडाले अभिलेख कायम गर्नुपर्नेछ ।
(३) यस मापदण्डमा अन्यत्र जुनसुकै कुरा लेखीएको भएतापनि श्रमिक वर्ग तथा असहाय तथा तिनी संग संगै रहेका परिवारका कुनै सदस्यले यस अवधीमा कुनै वैकल्पीक आय आर्जन गरेको अवस्थामा निजलाई यस मापदण्ड वमोसजमको राहत सामाग्री वितरण गरिने छैन ।
(४) यस मापदण्डमा अन्यत्र जुनसुकै कुरा लेखीएको एकै परिवारको १ भन्दा वढि सदस्यलाई राहत सामाग्री वितरण गरिने छैन ।

६.     वितरण गर्ने विधिः (१) देहायको विधि अवलम्वन गरि दफा ५ वमोजिमको राहत सामाग्री वितरण गर्नुपर्नेछ ।
(क) यस गाउँपालिकाले संचालन गरेको बबई खाद्य वैंकमा जम्मा भएको खाद्यान्न र गाउँपालिकाले सामाग्री खरिद गरि वितरणका लागि सम्वन्धित वडाहरुलाई उपलव्ध गराउने ।
(ख) वडा समितिले उप दफा १ (क) वमोजिम खाद्य सामाग्री वितरण गर्दा सर्वदलिय सर्वपक्षीय समिति र प्रहरी प्रशासनको उपस्थितीमा वितरण गर्ने ।
(ग) सम्वन्धित वडा समितिले हुन सक्ने सम्भाव्य भिड तथा अन्य व्यवस्थापकिय समस्याका कारणले वडा समितिवाट वितरण गर्न नसक्ने अवस्थामा देहाय वमोजिम गर्ने
१) स्थानिय तहले आफ्नो क्षेत्र भित्र दफा ५ वमोजिमको सामाग्री उपलव्ध गराउन सक्ने स्थानिय आपुर्तिकर्तावाट मूल्य सूचि लिई सोको आधारमा सामाग्रीको गुणस्तर तथा मूल्य यकिन गर्ने र उपलव्ध भए सम्मका आपूर्तिकर्ता छनौट गर्ने ।
 २) दफा ३ वमोजिमको लगतमा परेका श्रमिक वर्ग तथा असहायहरुलाई वडा सदस्य वा अध्यक्षले कुपन उपलव्ध गराई उपखण्ड (१) बमोजिमको आपूर्तिकर्तावाट राहत सामाग्री उपलव्ध गराउने ।
७.    राहत वितरणको अभिलेख र प्रतिवेदनः (१) सम्वन्धित वडाले वितरणको अनुसूची २ वमोजिमको राहत वितरणको अभिलेख आफ्नो कार्यालयमा राखी साप्ताहिक रुपमा सार्वजनिक गर्नुपर्नेछ र एक प्रति सम्वन्धित स्थानिय तहका कार्यालयमा पठाउनुपर्नेछ ।
(२) प्रत्येक स्थानिय तहले राहतको प्रतिवेदन अनुसूची ३ वमोजिमको ढाँचामा पाक्षिक  रुपमा राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग र संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाउनुपर्नेछ ।
(३) संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राहत वितरणको नियमित अनुगमन गर्नुपर्नेछ ।
८.    कारवाही सम्वन्धी व्यवस्थाः (१) यस मापदण्डमा तोकिएको मापदण्ड पुरा नभएका व्यक्तिले झुठा विवरण पेश गरि राहत लिनु वा दोहोरो राहत लिनु हुदैन ।
(२) यस मापदण्डको प्रतिकुल हुने गरिराहत वितरणको लागि सिफारिस गर्ने पदाधिकारीलाई समेत प्रचलित कानुन वमोजिम कारवाही गरि त्यस्तो सिफारिस गर्ने पदाधिकारीवाट निजले सिफारिस गरेको सिफारिस गरेको रकम सम्वन्धीत स्थानिय तहले निजवाट असुल उपर गर्नुपर्नेछ ।

 

 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: