FAQs Complain Problems

हापुरे खानेपानी समन्धी जानकारी

हापुरे खानेपानीका पदाधीकारी र कर्मचारीहरु निलम्वनमा, असार १० गते भित्र निर्वाचन हुने

बबई गाउँ पालिका सूचना साखा २१ जेष्ठ २०७५, सोमबार

हापुरे, २१ जेठ । बबई गाउँपालिकाले हापुरे पुरन्धारा खानेपानी उपभोक्ता तथा सरसफाई समितिका कार्यसमिति र कार्यरत कर्मचारीहरुलाई निलम्वन गरेको छ ।

उपभोक्ताहरुबाट साधारणसभामा अनियमितता बारे ब्यापक गुनासो आएपछि बबई गाउँपालिकाले बबई – ४ हस्तनापुर निवासी उपभोक्ता चिम्से कामीको नेतृत्वमा छानविन समिति गठन गरेको थियो ।

छानविन गर्न गठित समितिले ६५ लाख भ्रष्टाचार गरेको प्रतिवेदन तयार पारी गाउँपालिकामा बुझाए पछि गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेलको अध्यक्षता बैठकवसी निलम्वनको निर्णय गरिएको छ ।

बैठकमां नेपाल कम्युसिनष्ट पार्टीका नेता भिमबहादुर वली र जित बहादुर वली, नेपाली कांगे्रसका बबई गाउँपालिका सभापति बलबहादुर बुढा, बबई गाउँपालिका वडा नंवर ५ का अध्यक्ष डम्मर श्रीस र ४ का अध्यक्ष टोकबहादुर वली, छानविन समितिका संयोजक चिम्से कामी, सदस्यहरु परेकलाल बुढा, छबी बि.क, टोप बहादुर बस्नेत, बशन्त न्यौपाने, पत्रकारहरु आजाद खड्का र बालकृष्ण पाण्डे, नागरिक अगुवा डिल्ली पाैडेल  लगाएतकोे सर्वपक्षिय वैठकले पदाधिकारी तथा कर्मचारीहरुलाई निलम्वन गरेको हो ।

कार्यसमितिका पदाधिकारीहरुलाई छानविन समितिको प्रतिवेदन अनुसार निलम्वन गरिएको हो भने कर्मचारीहरुलाई सर्वपक्षिय वैठकमा निलम्वित समितिका अध्यक्षले दिएको बयान र सर्वक्षिय वैठकले कर्मचारीको पनि मिलेमतो ह्ुन सक्ने आशंकाका आधारमा निलम्वन गरिएको हो ।
गाउँपालिकाले गरेको छानविनबाट कर्मचारी दोषी नभए उनिहरु पुनर्बहाली हुनेछन् भने पदाधीकारीहरु भने ककसले भ्रष्टाचार गरेका हुन उनिहरुलाई थप छानविन गरी दोष अनुसार कार्वाहिको भागी दारी बनाईने छ ।

आजको सर्वपक्षिय वैठकले ५ दिन भित्र हिनामिना रकम कसको जिम्मामा कति पर्ने हो छलफल गरि रकम जम्मा गर्न निर्देशन गरिएको छ । समयमा जम्मा नगरे कानुनबमोजिम कार्वाही हुने कुरा समेत चेतावनी दिईएको छ ।

सर्वपक्षिय वैठकले हापुरे पुरन्धारा खानेपानी उपभोक्ता तथा सरसफाई समितिको असार १० गते भित्र निर्वाचन गर्नेगरी वडा नंवर ५ का वडा अध्यक्ष डम्मर श्रीसको संयोजकत्वमा ५ सदस्य निर्वाचन समिति समेत गठन गरेको छ । समितिको अन्य सदस्यहरुमा भद्र बहादुर खड्का, जित बहादुर वली, टेकेन्द्रराज अधिकारी र बालकृष्ण पाण्डे रहेका छन् ।

त्यसैगरी नयाँ कार्यसमिति नबन्दा सम्मकालागि खानेपानी रेखदेख गर्न वडा सदस्य लिला भण्डारीको संयोजकत्वमा व्रिजलाल विक र रनविरखत्री रहेको ३ सदस्य खानेपानी रेखदेख समिति समेत बनाएको छ ।

छानविन समितिले आफैलाई खानेपानीको कार्यसमितिमा बदल्ने निर्णय विधिसम्वत नभएको गाँपालिका अध्यक्ष पौडेलले बताएका छन् । यस अघि छानविन समितिले केहि उपभोक्ताहरु बोलाई छानविन समितिलाई नै कार्यसमितिमा बदलेको घोषण गरेको थियो ।

हेर्नुस निर्णयहरु

आर्थिक वर्ष: