संगठन संरचनामा फर्कनुहोस्
मूल विभाग

प्रशासन शाखा

कार्य विवरण

  • स्थानीय सेवाको व्यवस्थापन सम्बन्धी नीति, मापदण्ड, सेवाशर्त, योजना, कार्यान्वयन र नियमन गर्ने ।
  • संविधानको धारा ३०२ को उपधारा (२) बमोजिम समायोजन भएका कर्मचारीको व्यवस्थापन, उपयोग र समन्वय, सङ्गठन विकास, जनशक्ति व्यवस्थापन र वृत्ति विकासका लागि स्थानीय कानून बमोजिम सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गरी सङ्गठन संरचना तथा दरबन्दी निर्धारण गर्ने ।
  • नगर प्रहरीको गठन, सञ्चालन, व्यवस्थापन, नियमन सम्बन्धी नीति, कानून र मापदण्डको निर्माण तथा कार्यान्वयन गर्ने ।
  • मातहतका शाखाहरूको कार्यसम्पादनमा सहजिकरण र समन्वय गर्ने ।
  • कार्यालयको सङ्गठनात्मक ढाँचा परिमार्जन र कर्मचारी दरबन्दी मिलान गरी पदपूर्तिको व्यवस्था गर्ने ।
  • गाउँ कार्यपालिकाको स्वीकृत सङ्गठन तालिका अनुसार शाखागत कार्य विवरण एवम् कर्मचारीहरूको व्यक्तिगत कार्यविवरणको आधारमा कार्यसम्पादन मूल्याङ्कन व्यवस्थापन गर्ने ।
  • कर्मचारीको क्षमता विकासको लागि तालिम, गोष्ठी, सेमिनार अन्तरक्रिया, सूचना तथा अनुभव आदान प्रदानको व्यवस्था गर्ने ।
  • कर्मचारी नियुक्ति, सरुवा, बढुवा र अवकास, जनशक्ति व्यवस्थापन, परिचालन गर्ने ।
  • गाउँपालिका क्षेत्रभित्र सार्वजनिक विदा, उत्सव, जात्रा, पर्व, उर्दी, उपाधि, विभुषण आदिको व्यवस्थापन गर्ने।
  • मानव संसाधन विकासका लागि अल्पकालीन तथा दीर्घकालीन योजना तर्जुमा तथा क्षमता विकासका कार्यक्रम तर्जुमा र सञ्चालन गर्ने ।
  • कार्य मूल्याङ्कनका आधारमा प्रदान गरिने उपाधि तथा विभुषण सम्बन्धी सिफारिश र निर्णयको अभिलेख राख्ने ।
  • सङ्घ तथा प्रदेश तहमा संविधान तथा कानुन बमोजिमको सहभागिता तथा प्रतिनिधित्व गर्ने ।
  • कार्यालय सञ्चालन तथा प्रशासनिक कार्यको सन्दर्भमा जिल्ला समन्वय समिति, वडा समितिसँग र अन्य सम्बन्धित निकायसँग सम्पर्क समन्वय गर्ने ।
  • विभिन्न निकायसँग पत्राचार गर्ने, विभिन्न सभा, समारोह र शिष्टाचार कायम राख्ने ।
  • कर्मचारी अभिलेख, कार्य विभाजन, सम्पत्ति विवरण सङ्कलन, हाजिरी व्यवस्थापन, निरीक्षण, अनुगमन र मूल्याङ्कन गर्ने ।
  • कार्यालय व्यवस्थापन, सेवाग्राही सहजिकरण, गुनासो व्यवस्थापन, कार्यालय हाता सरसफाईको लागि व्यवस्था गर्ने ।
  • स्थानीय सेवाको व्यवस्थापनमा सूचना प्रविधिको उपयोग, प्रवद्र्धन र नियमनको लागि नीतिगत व्यवस्था गर्र्ने ।
  • कर्मचारीहरू र गाउँपालिकाका पदाधिकारीहरूको आचारसंहिता स्वीकृत गराई लागूगर्ने र सो को अभिलेख राख्ने ।
  • कर्मचारीहरूको कार्यसम्पादन मूल्याङ्कन गराई गोप्य राख्ने, पदोन्नति, बृत्तिविकास, प्रोत्साहन पुरस्कार, दण्डसजाय आदिको व्यवस्था मिलाउने ।
  • बैठक कक्षको व्यवस्था गर्ने र आवश्यक सामाग्री, फर्निचर, उपकरण, बत्ती, टेलिफोनको व्यवस्था गर्ने ।
  • गाउँसभा र कार्यपालिकाका विभिन्न समिति, उपसमिति तथा कार्यदलको बैठक व्यवस्थापन सञ्चालन र निर्णयको अभिलेख राख्ने ।
  • बैठकको एजेण्डा संकलन र तयारी गरी अध्यक्षको राय लिई बैठककमा छलफलका लागि पेशगर्ने ।
  • बैठकको निर्णय पुस्तिका सुरक्षित राख्ने ।
  • बैठक शुरु हुनु अगावै निर्णय लेखनमा सहयोग गर्ने कर्मचारी आवश्यक भएमा सो को लागि उपयुक्त कर्मचारी खटाउने ।
  • बैठकका निर्णयहरू प्रमुख वा तोकिएको अधिकारीबाट प्रमाणित नभएसम्म र गोप्य राख्ने आदेश निर्देशन भएका निर्णयहरू अरुलाई उपलव्धन गराउने ।
  • बैठकबाट भएका निर्णयहरू सम्बन्धित अधिकारीबाट प्रमाणित गराई कार्यान्वयनका लागि सम्बन्धित शाखा, निकाय वा व्यक्तिहरूलाई पठाउने ।
  • कार्यपालिका र गाउँसभाको बैठकको व्यवस्थापन गर्ने, निर्णय पुस्तिका सुरक्षितरुपमा राख्ने, बैठक कक्षको सरसफाई, आवश्यक औजार उपकरण, खानेपानी र बस्ने स्थान र फर्निचरको व्यवस्था गर्ने ।
  • स्थानीय वस्तु र सेवा व्यापारको मूल्य तथा गुणस्तरको अनुगमन र नियमन गर्ने, स्थानीय बौद्धिक सम्पत्तिको संरक्षण, प्रवद्र्घन र अभिलेखाङ्कन गर्ने ।
  • उपभोक्ता सचेतना, लक्षित उपभोक्ताको लगत व्यवस्थापन र स्थानीय वस्तु र सेवाको गुणस्तर परीक्षण गर्ने ।
  • संविधान प्रदत्त उपभोक्ता अधिकार उपलव्धीका लागि स्थानीय बजार अनुगमन, मूल्यसूचि भएनभएको निरीक्षण तथा उपभोग्य बस्तुको लेवलिङ, प्रयोग गर्ने समय अवधिको निरीक्षण गर्ने ।
  • मूल्यसूचि नराखी वा राखेरपनि प्रयोगमा नल्याएको, उपभोग्य सामानको कृत्रिम अभाव सिर्जना गर्ने गरेको, नापतौलका उपकरण मापदण्डअनुसार भएनभएको निरीक्षण गरी उपभोक्ता अधिकार संरक्षणमा सहयोग गर्ने।
  • उपभोक्ता अधिकार तथा हित सम्बन्धी नीति, कानुन, मापदण्ड, उपभोक्ता हित संरक्षण सम्बन्धी कार्यविधि तयार गरी गाउंसभाबाट स्वीकृत गराउने र गाउँपालिकास्तरीय  समिति गठन गरी परिचालन गर्ने ।
  • स्थानीयस्तरमा उत्पादित वस्तु र सेवा तथा आयातित खाद्य बस्तुको गुणस्तर परीक्षण गरी सार्वजनिक गर्ने ।
  • गाउँपालिकामा समाज कल्याणसम्बन्धी सङ्घसंस्था (गैरसरकारी, सामाजिक तथा सामुदायिक सङ्घसंस्था) को दर्ता, नवीकरण, परिचालन तथा नियमन गर्ने ।
  • परम्परागत गुठी, कोष तथा अन्य ट्रष्टहरूको व्यवस्थापन र नियमन गर्ने, निजीक्षेत्र तथा गैरसरकारी सङ्घ संस्थाहरूसँग विकास निर्माणका लागि समन्वय र सहकार्य गर्ने ।
  • सामुदायिक विकासका लागि नागरिक समाज तथा गैरसरकारी संस्था एवम् सामाजिक सङ्घ संस्थाहरूको सहभागितामा सामाजिक परिचालनको व्यवस्था गर्ने ।
  • स्थानीयस्तरमा दर्ता भएका सामाजिक संघसंस्थाहरूको अभिलेख अद्यावधिक राख्ने ।
  • प्रचलित ऐन अनुसार दर्ता भएका संघसंस्थाहरूको दर्ता नविकरण, परिचालन, विकासमा सहभागिता, समन्वय गर्ने गराउने व्यवस्था मिलाउने ।
  • कार्यालय व्यवस्थापन, सेवाग्राही सहजिकरण, गुनासो व्यवस्थापन, कार्यालय हाता सरसफाई तथा शाखा स्थान र मार्गको सहजताका लागि व्यवस्थापन गर्ने ।
  • गाउँपालिकामा परम्परागत रूपमा चलिआएका विभिन्न जात्रा तथा चाडपर्वको संरक्षण, प्रवद्र्धन र व्यवस्थापनमा सहयोग पुग्ने कार्यक्रम सञ्चालन गर्ने ।
  • स्थानीय समुदायका चाडपर्व, भाषा संस्कृतिको विकासको लागि कला, नाटक, जनचेतनामूलक तथा सांस्कृतिक कार्यक्रम गर्ने गराउने ।