FAQs Complain Problems

बबई गाउँपालिकाको श्रोत नक्सा

बबई गाउँपालिका दाङको सबैभन्दा पश्चिममा पर्ने गाउँपालिका हो । यो नेपालको संविधान २०७२ को धारा २९५ को उपधारा (३) बमोजिम गठित गाउँपालिका, स्वायत्त संरक्षित वा विशेष क्षेत्रको नाम, संख्या तथा सिमाना निर्धारण आयोगको सिफारिसमा बनेको ७५३ वटा स्थानीय तह मध्यको लुम्विनी प्रदेश अन्तर्गतको दाङ जिल्लामा पर्ने एक स्थानीय तह बबई गाउँपालिका जिल्ला सदरमुकाम घोराही देखि ४६ किलोमीटर पश्चिममा पर्दछ। पूर्वमा शान्तिनगर गाउँपालिका पश्चिममा बाँके र उत्तरमा सल्यान जिल्ला र दक्षिणमा दंगीशरण गाउँपालिका र बाँके जिल्ला रहेको छ। साविकका पुरन्धारा र पञ्चकुले गा.वि.स. समायोजन भई यस गाउँपालिकाको निर्माण भएको हो। यस गाउँपालिकाको कुल क्षेत्रफल २५७. ४७ वर्ग किलोमिटर रहेको छ। २०७८ सालको जनगणना अनुसार यहाँको कूल जनसंख्या ३०९८६ र कुल घरधुरी ७५२७ रहेको छ यस गाउँपालिकामा ७ वटा वडा रहेका छन्। यस पालिका समुद्र सतहदेखि ६७६ मीटर उचाइमा रहेको छ । यस गाउँपालिकामा बाहुन क्षेत्री, मगर, दलित चौधरी लगायतका जातीको बाहुल्यता रहेको छ। यस गाउँपालिकाका मुख्य भाषा नेपाली, थारु र मगर रहेका छन्। यस गाउँपालिकामा खेतीपातीको लागि उर्वर भूमि रहेको छ । यस गाउँपालिकाका पुरन्धारा झरना, धागे छहरा, गौरी शंकर  शिवालय मन्दिर र चिसापानी मन्दिर प्रमुख पर्यटकीय स्थल हुन् ।  यस गाउँपालिका पठनपाठनको लागि आधारभूत देखि उच्च शिक्षासम्म प्रदान गर्ने शैक्षिक संस्थाहरुमा प्रा.वि २२, नि.मा.वि. ६, मा.वि ६ गरी जम्मा ३४ वटा सामुदायिक शिक्षण संस्थाहरु रहेका छन् भने संस्थागत विद्यालयतर्फ प्रा.वि. ३, आ.वि. ३ र मा.वि. ३ गरी जम्मा ९ वटा रहेका छन् ।यस बबई गाउँपालिकामा  २ वटा अस्पताल १ वटा स्वास्थ्य चौकी र ५ वटा स्वास्थ्य केन्द्र , २ वटा इलाका प्रहरी र १ प्रहरी चौकी,  १ वटा अस्थायी प्रहरी पोष्ट र १ वटा क्याम्पस रहेका छन । यस पालिकाको वडा नं १ मा ५ वटा, वडा नं २ मा ८ वटा, वडा नं ३ मा ६ वटा, वडा नं ४ मा ३ वटा, वडा नं ५ मा ८ वटा, वडा नं ६ मा १ वटा, र  वडा नं ७ मा ६ वटा गरि जम्मा ३७ वडा साना ठूला मन्दिरहरु छन। यस पालिकाको विच भागवाट तुल्सीपुर सुर्खेत रोड मार्ग छ भने हाप'रे बबरपुर गंगटे हुदै कोहलपुर जोडने सडक निर्माणधिन अवस्थामा छ। यस पालिकामा अब्यवस्थित वसोवास र राष्ट्रिय निकुन्ज मध्यवर्ति क्षेत्र भित्रका बस्तिहरु विशेष चुनौतिको रुपमा रहेका छन ।समग्रमा यो बबई गाउँपालिका प्राकृतिक सम्पदाले सम्पन्न पालिका हो । औषत पारिवारिक आम्दानीमा कृषि व्यवसायको सबैभन्दा ठूलो हिस्सा रहेको छ र स्थानीय बासिन्दाको आम्दानीको अर्को मुख्य श्रोतको रुपमा वैदेशिक रोजगारी पनि एक हो । स्थानीय जनशक्ति मजदुरी तथा अध्ययनका लागि विदेशिने क्रम बढिरहेको छ । विभिन्न समुदाय, जातजातीका मानिसको बसोबास रहेको यस क्षेत्रमा विभिन्न चाडपर्व मनाउने गरिन्छ । दशैँ, तिहार, माघी, होली, महाशिवरात्री, रामनवमी, कृष्णजन्माष्टमी, बकरइद, आईतबारी, बुद्धजयन्ती, क्रिष्मस आदि यहाँका प्रमुख चाडपर्वको रुपमा रहेको पाईन्छ ।

 

 

 

 

 

आर्थिक वर्ष: