FAQs Complain Problems

समाचार

बबई गाउँपालिकाको श्रोत नक्सा

बबई गाउँपालिका  लुम्विनी प्रदेश अन्तर्गत दाङ जिल्लाका साविकका पञ्चकुले र पुरन्धारा गा.वि.स. मिलेर बनेको हो । यस गाउँपालिका जिल्ला सदरमुकाम घोराही देखि ४६ किलोमीटर पश्चिममा पर्दछ । २५७.४८ वर्ग
कि.मी. क्षेत्रफल रहेको यस गाउँपालिकाको पूर्वमा शान्तिनगर गाउँपालिका र दंगीशरण गाउँपालिका, पश्चिममा बाँके जिल्ला, उत्तरमा सल्यान जिल्ला र दक्षिणमा दंगीशरण गाउँपालिका र बाँके जिल्ला पर्दछन् ।
बबई गाउँपालिका दाङ जिल्लामा नयाँ गठन भएका गाउँपालिकाहरुमा विकासका सम्भावना बोकेको गाउँपालिका हो । सचेत राजनैतिक दल र उत्प्रेरीत गाउँवासी यो गाउँपालिकाको दरिलो अनि दीगो विकासको
श्रोतका रुपमा रहेका छन् । २०६८ को जनगणना अनुसार यस गाउँपालिकाको जनसंख्या २७,४६९ रहेको छ जसमध्ये महिलाको जनसंख्या १४,९४० (५४.३९ प्रतिशत) र पुरुषको जनसंख्या १२,५२९ (४५.६१ प्रतिशत) रहेको
छ । यस गाउँपालिकामा विभिन्न जातजाती तथा धर्म मान्ने व्यक्तिहरुको बसोबास रहेको छ । राष्ट्रिय जनगणना २०६८ को तथ्याङ्क अनुसार सबैभन्दा बढी क्षेत्री जाति १३,६०५ जना (४९.५३%), दोस्रोमा मगर ५,२०२ (१८.९४%)
र तेस्रोमा कामी जातिको ३,३९३ (१२.३५%) को बसोबास रहेको छ । औषत पारिवारिक आम्दानीमा कृषि व्यवसायको सबैभन्दा ठूलो हिस्सा रहेको छ र स्थानीय बासिन्दाको आम्दानीको अर्को मुख्य श्रोतको रुपमा वैदेशिक रोजगारी पनि एक हो । स्थानीय जनशक्ति मजदुरी तथा अध्ययनका लागि विदेशिने क्रम बढिरहेको छ । यस गाउँपालिका पठनपाठनको लागि आधारभूत देखि उच्च शिक्षासम्म प्रदान गर्ने शैक्षिक संस्थाहरुमा प्रा.वि २२, नि.मा.वि. ६, मा.वि ६ गरी जम्मा ३४ वटा सामुदायिक शिक्षण संस्थाहरु रहेका छन् भने संस्थागत विद्यालयतर्फ प्रा.वि. ३, आ.वि. ३ र मा.वि. ३ गरी जम्मा ९ वटा रहेका छन् । विभिन्न समुदाय, जातजातीका मानिसको बसोबास रहेको यस क्षेत्रमा विभिन्न चाडपर्व मनाउने गरिन्छ । दशैँ, तिहार, माघी, होली, महाशिवरात्री, रामनवमी, कृष्णजन्माष्टमी, बकरइद, आईतबारी, बुद्धजयन्ती, क्रिष्मस आदि यहाँका प्रमुख चाडपर्वको रुपमा रहेको पाईन्छ ।

आर्थिक वर्ष: